‘देश नदुखोस्’ गीतको म्युजिक भिडियो सार्वजनिक

वैशाख २७, २०७८ | काठमाडौं

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ मा राष्ट्रिय भावनाले ओतप्रोत गीतको रुपमा अवार्ड प्राप्त गर्न सफल ‘देश नदुखोस्’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीत सङ्गीतका अन्य विधामा कलम चलाउँदै गरेका तेजेन्द्र काफ्लेले राष्ट्रिय गीतमा पहिलो पटक कलम चलाएका हुन् । गीतमा प्रमोद प्रसाईँ र लाबोनी चक्रवर्ती प्रसाईंको स्वर रहेको छ । 

डेनी निरौलाको संगीत रहेको गीतमा लाबोनी प्रमोदको संगीत संयोजन छ । भिडियो सम्पादन वीर बहादुर थारुले गरेका छन् ।


प्रतिक्रिया