नेशनल म्युजिक अवार्ड असार २८ मा हुने

असार २०, २०८२ | काठमाडौं

रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्ड २०८१ यहि असार २८ मा हुने भएको छ ।

नेपाली गीत संगीतको विकास र प्रवर्दनका लागि रेडियो कान्तिपुरले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । 

अवार्ड कार्यक्रममा संगीतका १४ विधा र लाइफ टाइम एचिभमेन्ट अवार्ड मार्फत एक जना मुर्धन्य व्यक्तिलाई सम्मान गरिने छ । 

यस पटकबाट उत्कृष्ट हिपहप र आरएण्डबी विधा पनि थप गरिएको छ । 

अवार्ड कार्यक्रममा कुम सागर र दुर्गेश थापासँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा लगायतले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछन् । 

अवार्ड कार्यक्रम ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुनेछ । 


प्रतिक्रिया