भारतीय फ्रेन्चाइज सो सुपर डान्सर नेपालमा प्रसारण गरिँदै,सर्वाधिकार ए.डी. रिलिजलाई

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७९

 भारतीय टेलिभिजन रियालिटी सो ‘सुपर डान्सर नेपाल’लाई औपचारिक रुपमा फ्रेन्चाइज सो उत्पादन, बजारीकरण र प्रसारणको सर्वाधिकार ए.डी. रिलिजले लिएको छ । ए.डी. रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ ।

सुपर डान्सर नेपालमा डान्स प्रतिस्पर्धीले आफ्नो क्षमता प्रारम्भिक अडिसन मार्फत देखाउने छन् । नेपाल र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । मञ्चबाट नेपालमै अन्तर्राष्ट्रियस्तरका प्रतिभा खोजी गरेकालाई यो रियालिटी सो प्रभावकारी हुनेछ । प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जाना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकीय भूमिका निभाउदै गाइड गर्नेछन् । ‘सुपर डान्सर नेपाल’ को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समूह वाइल्ड रिपर्ज पनि अनुवन्धित छ । यो रियालिटी सो हरेक बिहीबार र शक्रबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । फ्रेन्चाइज गाइडलाइन अनुसार ३ जना प्रतिष्ठित व्यक्तित्व सुपर जज प्यानलमा रहनेछन् भने यो सो ३० भाग निर्माण हुनेछ ।


प्रतिक्रिया