आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

वैशाख २८, २०८२ | काठमाडौं
संघीय संसदको दुवै सदनबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको हो । सरकारको नीति तथा कार्यक्रम गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्नुभएको थियो । ६ दिनसम्म छलफल भएपछि प्रतिनिधिसभा बैठकले आज नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभएको हो ।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका थिए । ती संसोधन प्रस्तावलाई प्रतिनिधिसभाले अस्वीकृत गरेको छ । यसैबीच, माथिल्लो सदन राष्ट्रिय सभाले पनि नीति तथा कार्यक्रम पारित गरेको छ