छैठौं अन्तर्राष्ट्रिय सोसियल अवार्डमा समाजसेवी एवं कलाकारलाई अवार्ड
कार्तिक ९, २०८१ | काठमाडौं
संयुक्त अरब इमिरेट्स युएईमा छैठौं अन्तर्राष्ट्रिय सोसियल अवार्ड तथा साहित्यिक, साँस्कृतिक ,साङ्गीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ ।
विगत ६ वर्षदेखी नियमित रुपमा विभिन्न देशहरूमा हुँदै आएको साहित्यिक, सांस्कृतिक, साङ्गितिक साँझ तथा अन्तराष्ट्रिय सोसियल अवार्डको छैठौं संस्करण यसपटक युएईमा गरिएको हो ।
क्रिएटिभ मिडिया तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा गरिएको कार्यक्रममा देश, विदेशमा रहि सामाजिक सेवामा सक्रिय व्यक्तित्वलाई अवार्डसाथै सम्मान गरिएको छ ।
नेपालको प्राकृतिक विपत्ति बाढि, पहिरोबाट पीडित नागरिकको सहयोगार्थ युुएई गरिएको कार्यक्रममा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय झापा जिल्ला शिवसताक्षी –४ बोलोचौक निवासी डा. धर्मेन्द्र कुमार शाहले अवार्ड हात पारेका छन् ।
पछिल्लो समय “जन्मोत्सवमा सामाजिक कार्य गरौ ” भन्ने एक अभियानको परिकल्पनाकार समेत रहेका साह झापाका विभिन्न विद्यालयहरुलाई आर्थिक, भौतिकका साथै वृद्ध आश्रम ,बाल आश्रमलाई शैक्षिक तथा आवश्यक खाद्यान्न सहयोग गर्दै आएका छन् ।
यस्तै नायिका तथा मोडल नम्रता सापकोटा,वरिष्ठ पत्रकार तथा लेखक मनरिषि धिताल,हाँस्य कलाकारद्वय पुजन घिमिरे र मरिचमान, गायक राजनराज सिवाकोटी ,एनआरएनए अभियान्ता एवं सामाजिक व्यक्तित्व रमेश श्रेष्ठ, विकास शाही, ठाकुर प्रसाद ढुङ्गाना र प्राध्यापक केशव लाल श्रेष्ठले अवार्ड हात पारेका छन् ।
सो अवसरमा उपनियोग प्रमुख दाहालले युएईमा रहेका सबै नेपालीहरुको हकहितका लागि दूतावास निरन्तर क्रियाशिल रहेको बताए । उनले युएईमा रहदा कुनै समस्या परे दुतावासमा सम्पर्क गर्न समेत आग्रह गरे ।