अमेरिकी महान्यायाधिवक्ता बर्खास्त

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २२, २०७५ | काठमाडौं

- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गर्नुभएको छ । ट्रम्पले माइक्रो ब्लगिङ  साइट ट्वीटरमार्फत सेसन्सलाई जिम्मेवारी मुक्त गरिएको जानकारी दिनुभएको हो । ट्वीट गर्दै ट्रम्पले भन्नुभएको छ, हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उनको उन्नतीको कामना गर्दर्छौँ  ।

मिति उल्लेख नगरिएको आफ्नो राजीनामापत्रमा बुझाउँदै सेसन्सले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै आफ्नो कार्यक्रमकालमा विधिको शासन पुर्नस्थापित गरी त्यसलाई कायम गर्न सक्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ । सेन्ससले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा दिन लागेको उल्लेख गर्नुभएको छ । 

 पछिल्लो समय रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रिया सम्बन्धि विषयमा राष्ट्रपति ट्रम्प र सेसन्स्बीच मतभेद बढेको थियो ।  सेसन्सको स्थानमा तत्कालका लागि राष्ट्रपति ट्रम्पले आफ्ना प्रमुख स्वकीय सचिव म्याथ्यूलाई अस्थायी जिम्मेवारी दिनुभएको छ ।

 


प्रतिक्रिया