कोरोना भाइरसविरुद्ध ‘रेम्डिसिभियर’ औषधि प्रयोग गर्न अमेरिकी सरकारको स्वीकृति

वैशाख २०, २०७७

कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डि सिभियर’ नामक एन्टिभाइरल औषधिलाई स्वीकृति प्रदान गरेको छ । अमेरिकी संघीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय ‘द फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन’ (एफडीए)ले आपतकालीन स्वीकृतिका रुपमा सो अनुमति प्रदान गरेको हो ।

यद्यपि यसले बिरामीको मृत्युदरलाई कति हदसम्म न्यूनीकरण गर्छ भन्ने स्पष्ट नभएको विज्ञहरुको भनाइ छ । क्यालिफोर्नियामा अवस्थित ‘गिलियाड साइन्स’ नामक औषधि कम्पनीले बनाएको सो औषधिले कोरोना भाइरसलाई नष्ट गर्ने बिरामीमाथिको परीक्षण उपचारमा देखिएको छ । कम्पनीले प्रारम्भिक रुपमा एक लाख ४० हजार बिरामीका लागि औषधि बनाएको छ । सुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमणमा यो औषधि पहिलोपटक प्रयोग गरिएको थियो । तर यसले खासै प्रभाव देखाएको थिएन । 


प्रतिक्रिया