भारत र चीनबीच देखिएको सीमा विवाद सुल्झाउन मध्यस्तता गर्न तयार : ट्रम्प

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १६, २०७७ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच देखिएको सीमा विवाद सुल्झाउन मध्यस्तता गर्न तयार रहेको बताउनुभएको छ । मध्यस्तताको प्रस्ताव सम्बन्धमा आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग निरन्तर कुराकानी गरिहेको ट्रम्पको भनाई छ । 

 ओभलमा आयोजित पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भन्नुभयो, जारी सीमा विवादबारे कुराकानी भइरहेको छ, यो विषयमा मोदीको मुड ठीक छैन, भारतमा यसमा खुशी छैन र सायद चीन पनि । यसअघि पनि ट्रम्पले ट्वीट गर्दै भारत र चीनबीचको सीमा समस्या समाधानका लागि मध्यस्तता गर्न तयार रहेको बताउनुभएको थियो । यद्यपी यस विषयमा चीनको कुनै प्रतिक्रिया आएको छैन । 


प्रतिक्रिया