अष्ट्रेलियाको डढेलोमा झण्डै ३ अर्ब वन्यजन्तु प्रभावित : अध्ययन प्रतिदेन

श्रावण १३, २०७७ | काठमाडौँ

अस्ट्रेलियामा गत वर्ष लागेको भिषण डढेलोमा परेर झण्डै तीन अर्ब वन्यजन्तुले ज्यान गुमाएको वा विस्थापित समेत एक अध्ययनले देखाएको छ । अस्ट्रेलियास्थित विभिन्न विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको सो अध्ययन प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनधारी, दुई अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुङ्गी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएका उल्लेख छ । 


डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन छैन तर अधिकांश जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएकोले मारिनेको संख्या अत्याधिक रहेको आंकलन प्रतिवेदनमा गरिएको बीबीसीले जनाएको छ । सन् २०१९ को अन्त्य देखि सन् २०२० को सुरुवाती महिनामा अस्ट्रेलियाका जंगलमा भीषण डढेलो लागेको थियो । 

आगलागीबाट करिब एक लाख १५ हजार वर्ग किलोमिटरको वनक्षेत्र नष्ट भएको थियो । डढेलोका कारण ३० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने जंगल आसपासका कयौं वस्ती प्रभावित भएका थिए ।


प्रतिक्रिया