जर्मनीमा चालू आवको दोस्रो त्रैमासिकमा भारी गिरावट

श्रावण १५, २०७७ | काठमाडौं

यूरोपकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको जर्मनीमा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १० दशमलव १ प्रतिशतको भारी गिरावट आएको छ । 

संसदमा बिहीबार सार्वजनिक गरिएको दोस्रो त्रैमासिकको आंकडा अनुसार कोरोना महामारीका कारण निर्यातमा परेको प्रभाव, व्यापार घाटा, नागरिकको बढ्दो खर्च लगायतले अर्थतन्त्रमा भारी गिरावट आएको छ ।

जर्मनीमा सन् १९७० पछि पहिलो पटक अर्थतन्त्रमा भारी गिरावट आएको बीबीसीले उल्लेख गरेको छ । अप्रिलयता मात्रै जर्मनीको कुल घरेलु उत्पादनमा ११ दशमलव ७ प्रतिशत गिरावट आएको आंकडा छ । 

सन् २०२० भरि नै आयात निर्यात नराम्ररी प्रभावित हुने आंकलन अर्थविज्ञहरुले गरेका छन् । जर्मनी का अर्थशास्त्री एंड्रियास शिउलले जर्मनीमा आर्थिक मन्दी सुरु भइसकेको बताउनुभयो ।   


प्रतिक्रिया