कोरोना भाइरसका कारण भारतमा झण्डै ६६ खर्ब ३१ अर्ब रुपैँया राजश्व घाटा

श्रावण १६, २०७७ | भारत

कोरोना भाइरस महामारीका कारण एसियाकै तेस्रो ठूलो अर्थतन्त्र भएको भारतमा पछिल्लो तीन महिनामा राजश्व घाटा बढेर ८८ दशमलव ५२ अरब डलर अर्थात ६६ खर्ब ३० अर्ब ९२ करोड २५ लाख ५० हजार भारतीय रुपैयाँ पुगेको छ । अप्रिलमा सुरु भएको २०२०/२१ को आर्थिक वर्षमा जीडीपीको ७ दशमलव ५ प्रतिशत राजस्व घाटा हुने अनुमान अर्थविज्ञहरुले गरेका थिए ।

 सरकारले भने ३ दशमलव ५ प्रतिशतको गिरावट आकंलन गरेको थियो । जब कि समाचार संस्था रोयटर्सको इकोनोमिक पोलले चालू आर्थिक वर्षमा भारतको अर्थव्यवस्थामै ५ दशमलव १ प्रतिशतको भारी गिरावट आउने देखाएको थियो । सोही पोलले कोरोना कहरका कारण स्थिति झनै बिग्रिए सो गिरावट ९ दशमलव १ प्रतिशतसम्म पुग्ने देखाएको थियो सन् १९७९ पछि पहिलो पटक अर्थव्यवस्था खुम्चिने अनुमान अर्थविज्ञको छ । सरकारले आज सार्वजनिक गरेको आकंडा अनुसार कुल राजस्व असूलीमा पछिल्लो तीन महिनामा मात्रै ४६ प्रतिशतको गिरावट आएको जनाएको छ । पछिल्लो तीन महिनामा सरकारी खर्च १३ प्रतिशतले बढेर ८१ अर्ब ६० करोड पुगेको छ ।

यसैबीच भारतको एन्डियन आयल कर्पोरेशनलाई पछिल्लो ३ महिनामा ४७ प्रतिशत घाटा लागेको छ । कोरोना कहरका कारण विश्वभर जारी लकडाउनका कारण तेलको मागमा आएको कमीका कारण सो घाटा व्यहोरेको कर्पोरेशनले जनाएको छ । 


प्रतिक्रिया