स्पेनका पूर्व राजा हुवा कार्लाेस स्वेच्छिक निर्वासनमा जाने

श्रावण २०, २०७७ | काठमाडौं

भ्रष्टाचारको आरोप खेपिरहेका स्पेनका पूर्व राजा हुवा कार्लाेसले निर्वासनमा जाने निर्णय गरेका छन् । ८२ वर्षिय पूर्व राजाले ६ वर्ष अघि आफ्ना छोरा फिलिपलाई राजाको पद हस्तान्तरण गरेका थिए । 

मुलुक छाडेपनि भ्रष्टाचार सम्बन्धी मुद्धामा हाजिर हुन तयार रहेको पूर्व राजा कार्लाेसको भनाई छ । साउदी अरबसँग भएको तिव्र गतिको रेल निर्माण सम्झौतामा पूर्व राजाको भुमिकामा भ्रष्टाचारको आरोप लगाइएको छ । पूर्व राजा निर्वासनका लागी कुन मुलुक गए भन्ने अझै खुलेको छैन । 

सन् १९७५ मा सत्तारोहण गरेका पूर्व राजा कार्लोसले स्पेनलाई अधिनायकवादबाट लोकतन्त्रात्मक पद्धतिमा ल्याएका थिए । स्पेनले आर्थिक संकट सामना गरिरहेका बेला राजपरिवार भ्रष्टाचारमा मुछिएको हो । 


प्रतिक्रिया