अफगानिस्तानको वाजिरवाद क्षेत्रमा भएको आक्रमणमा १३ प्रहरीको मृत्यु

पुस १, २०७७

अफगानिस्तानको उत्तरी प्रान्त बागलानस्थित प्रहरी चौकीमा भएको आक्रमणमा १३ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । पोल ए खुमरी शहरको वाजिरवाद क्षेत्रमा भएको आक्रमणमा परि ३ जना प्रहरी जवान घाइते भएको अलजजीराले उल्लेख गरेको छ । 

अफगानी अधिकारीले सो आक्रमण तालिवानीले गराएको आरोप लगाएका छन् । अफगानिस्तानमा विद्रोह मच्चाउँदै आएको तालिवानले भने घटनाको जिम्मा लिएको छैन । दशकौं देखि जारी युद्ध अन्त्यका लागि अफगान सरकार र विद्रोही समूह तालिवानबीच दुई महिना यता शान्ति वार्ता जारी रहे पनि टुंगोमा पुग्न सकेको छैन । 

विद्रोही समूह तालिवानले अफगानिस्तानका विभिन्न शहरमा आक्रमण गरिरहेको अफगान सरकारको आरोप छ । 


प्रतिक्रिया