साउदी अरेबियाद्वारा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध खुला

पुस १९, २०७७ | काठमाडौं

साउदी अरेबियाले अन्तर्राष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध हटाएको छ । डिसेम्बरमा लगाइएको अस्थायी यात्रा प्रतिबन्ध आजैबाट लागू हुनेगरी हटाइएको साउदीको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार स्थानीय समय समयअनुसार बिहान ११ बजेबाट हवाई, जल र स्थल सबै मार्ग खुला गरिएको  छ ।

 यद्यपी बेलायत दक्षिण अफ्रिका, जापानसहित केही यूरोपेली मुलुकमाथिको प्रतिबन्ध भने यथावत रहेको जनाइएको छ । यी सबै देशमा कोरोना भाइरसको नयाँ प्रकार देखा परेपछि साउदीले प्रतिबन्ध लगाएको थियो । ती देशमा रहेका साउदी नागरिक स्वदेश फर्कन चाहेको खण्डमा पनि उनीहरुले अन्य मुलुकमा १४ दिन बिताएको र साउदीमा आएपछि पनि १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरिएको छ ।

 अन्य मुलुकबाट साउदी जानेहरुले पनि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने गृह मन्त्रालयले जनाएको छ । साउदीमा यसअघि नै कोरोनाविरुद्धको खोप अभियान सुरु भइसकेको छ । संक्रमण र मृत्युदरमा कमी आएसँगै साउदीले पछिल्लो कदम चालेको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया