अमेरिकाको वासिंटन डिसीमा संकटकाल लागू

पुस २८, २०७७ | काठमाडौं

अमेरिकाको संघीय राजधानी वासिंटन डिसीमा संकटकाल लागू भएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथ ग्रहणमा हिंसा भड्किन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल लागू गर्न स्वीकृति दिएको अलजजीराले उल्लेख गरेको छ । यसअघि वासिंटन डिसीका मेयरले राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर संकटकालको घोषणा स्वीकृत गर्न आग्रह गर्नुभएको थियो । 

ह्वाइट हाउसका तर्फबाट जारी गरिएको वक्तब्यमा वासिंटन डिसी क्षेत्रमा स्थानीय समय अनुसार जनवरी ११ मध्यरातीबाट लागू हुने गरी २४ जनवरीसम्म संकटकालको घोषणा गरिएको उल्लेख छ ।नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको सपथविरुद्ध अमेरिकामा ५० राज्यमा सशस्त्र प्रदर्शनको तयारी भइरहेको एफबीआईएले बताएसँगै संकटकाल घोषणा गरिएको हो । 


प्रतिक्रिया