ट्रम्पलाई २५ औं संसोधन लगाएर हटाउन उपराष्ट्रपतिलाई आग्रह गर्ने प्रस्ताव तल्लो सदनबाट पारित

पुस २९, २०७७ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी २० अगावै अमेरिकी संविधानको २५ औं संसोधन लगाएर ह्वाइटहाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आव्हान गर्ने प्रस्ताव संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । 

प्रस्तावका पक्षमा २ सय २३ मत खसेको छ भने विपक्षमा २ सय ५ मत खसेको छ । एकजना रिपब्लिकन सांसदले प्रस्तावको पक्षमा मतदान गरेका छन् । अमेरिकी २५ औं संसोधनले राष्ट्रपति काम गर्न अक्षम भएको अवस्थामा उनलाई हटाएर उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिका रुपमा काम गर्न सक्ने व्यवस्था गरेको छ ।

सो प्रस्ताव बुधबार माथिल्लो सदन सिनेटमा पेश हुनेछ । जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसाका भड्काउन उक्साएको भन्दै राष्ट्रपति ट्रम्पलाई जनवरी २० अगाडि नै हटाउन सो प्रस्ताव ल्याइएको उल्लेख गरेको छ । यसैबीच उपराष्ट्रपति माइक पेन्सले हाउस स्पीकर न्यान्सी पेलोसीलाई एक पत्र लेखेर २५ औं संसोधनको प्रयोग गरेर राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव आफूलाई स्वीकार्य नभएको जानकारी गराउनुभएको छ । 



प्रतिक्रिया