भारतले पर्सीबाट कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गर्ने

माघ १, २०७७ | काठमाडौं

भारतले पर्सीबाट कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत कर्मचारीलाई खोप दिइने भारत सरकारको योजना छ । जसका लागि ६६ करोड डोज खोप आवश्यक पर्ने स्वास्थ्य अधिकारीको भनाइ छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ । 

यसअघि गत ३ जनवरीमा केन्द्र सरकारले पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्ड तथा भारत बायोटेकको कोभ्याक्सिनलाई आकस्मिक उपयोगका लागि अनुमति दिएको थियो । भारतले कोभिड–१९ खोपका लागि एचसीक्यू मोडेल अपनाइएको छ । खोपका लागि प्राथमिकताका आधारमा ४ समूह निर्धारण गरिएको छ । जसमध्ये पहिलो दुई समूहमा स्वास्थ्य सेवा प्रदायक सहित अग्रपंक्तिका कर्मचारी पर्ने छन् ।

 अन्य दुई समूहमा ५० वर्षमाथिको उमेरका नागरिक र कुपोषणग्रस्त बालबालिकालाई रहनेछन् । जसमा करीब २७ लाख भन्दा जनसंख्या समेटिने उल्लेख छ । सरकारले कोभिड–१९ खोपका लागि को–विन नामक एक मोबाइल एप बनाएको छ । त्यसमा ७० लाख ३३ हजार भन्दा बढी स्वास्थ्यकर्मी सूचीकृत भएका छन् । कोभिड–१९ खोप भण्डारणका लागि भारतभर २९ हजार कोल्ड चेन विन्दु समेत तय गरिएको जनाइएको छ । भारतमा हालसम्म एक करोड ५ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने डेढ लाख बढीको ज्यान गइसकेको छ ।  


प्रतिक्रिया