विश्वकै सबैभन्दा ठूलो खोप अभियान आज शुरु हुँदै

माघ ३, २०७७ | काठमाडौं

भारतमा कोरोना भाइरसविरुद्धको बृहत खोप अभियान आज शुरु हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै ठूलो भनिएको सो अभियानको आज शुरुवात गर्दै हुनुहुन्छ ।

भारतले नर्स, चिकित्सक र अन्य अग्रपंक्तिमा खटिएकालाई प्राथमिकतामा राखेको छ । ३ हजार ६ वटा केन्द्र रहेकोमा पहिलो दिन आज प्रत्येक केन्द्रबाट १ सय जनालाई खोप लगाइनेछ । 

अक्स्फोर्ड–एष्ट्राजेनेका वा भारत बायोटेकमध्ये कुन खोप लगाउने भन्नेबारे भने छनौट गर्न पाईने छैन । अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा यो बर्षको ८ महिनासम्ममा ३० करोड मानिसलाई दुवै डोज खोप उपलब्ध गराउने तयारी सरकारको छ ।

भारतमा हालसम्म १ करोड ५ लाख २७ हजार ६ सय बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । १ लाख ५१ हजार ९ सय १८ जनाको मृत्यु भएको छ ।

यसैबीच विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० लाख नाघेको छ । हालसम्म २० लाख ६ हजार ५ सय १० जना कोरोना संक्रमितको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ । सबैभन्दा बढी अमेरिकामा ३ लाख ९१ हजार ५ सय ४० जनाले ज्यान गुमाएका छन् । त्यसपछि ब्रजिलमा २ लाख ८ हजार २ सय ४६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितको संख्या भने ९ करोड ३७ लाख ५१ हजार ४ सय ९० पुगेको छ । 


प्रतिक्रिया