क्रेम्लिनका आलोचक नाभाल्नीलाई रिहा गर्न अमेरिका र इयुको आग्रह

माघ ५, २०७७

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई तत्काल रिहा गर्न अमेरिका र ईयुले आग्रह गरेका छन् । जर्मनीबाट पाँच महिनापछि मस्को फर्किएको केही समयमै नभाल्नीलाई हिरासतमा लिइएको भन्दै अमेरिका र इयु सम्बद्ध मूलुकले भत्र्सना समेत गरेका छन् । 

अमेरिकाका विदेश मन्त्री माइक पोम्प्योले रुसी अधिकारीले आफ्ना आलोचकलाई चुप गराउने कोशिश स्वरुप हिरासतमा लिएको आरोप लगाउनु भएको छ । नभाल्नीको तत्काल र बिना शर्त रिहा गर्न उहाँले माग गर्नु भएको छ । यस्तै युरोपेली आयोगका अध्यक्ष उर्सुला भाग डेर लेयेनले नभाल्नीको रिहाईको माग गर्नु भएको छ । जर्मन विदेश मन्त्री हेको मासले सो गिरफ्तारीलाई पूर्ण रुपमा बुझ्न नसकिने भनेर वर्णन गर्नु भएको छ । 

क्रेम्लिनका ४४ वर्षिय आलोचक नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको बीबीसीले उल्लेख गरेको छ । रुसी विपक्षी नेता नाभाल्नीलाई विष सेवन गराएर हत्याको प्रयास गरिएको थियो । नभाल्नीका समर्थकले रुसी अधिकारीले उनलाई विष दिएको आरोप लगाएका छन् । तर मस्कोले भने संलग्नता नरहेको भन्दै सो आरोपको खण्डन गर्दै आएको छ । 


प्रतिक्रिया