चीनले उइगूर मुसलमान समुदायमा नरसंहारको योजना बनाएको बेलायती अध्ययनको दाबी

फाल्गुन २, २०७७ | काठमाडौं

बेलायतमा प्रकाशिक एक औपचारिक अध्ययन प्रतिवेदनले चीन सरकारले उइगूर मुसलमान समुदायमा क्रमश: नरसंहारको योजना बनाइरहेको दाबी गरेको छ । सो दस्तावेजमा चीनले उइगूर समुदाय विरुद्ध चालेका हरेक प्रशासनिक निर्णयहरूको प्रमाण रहेको दाबी गरिएको छ । प्राप्त प्रमाणका आधारमा चीनको उत्तरपश्चिमी भागमा मुस्लिम अल्पसंख्यकलाई ठूलो मात्रामा नष्ट गर्ने मनसाय देखिएको सो प्रतिवेदनमा उल्लेख छ । 

उइगूर समुदाय रहेको शिविरमा चीन सरकारका अधिकारीहरुले महिलालाई बच्चा जन्म दिनबाट रोक्ने, जबरजस्ती बन्धाकरण गराउने, गर्भपतन गराउने र सो समुदायका बच्चाहरूलाई अर्को समुदायसँग जबरजस्ती बस्न बाध्य पार्ने लगायतका गतिविधी गर्ने गरेको दाबी गरिएको छ । प्रतिवेदनका अनुसार सो क्षेत्रमा मानवता विरुद्ध  अन्य थुप्रै घटनाहरु हुने गरेको र त्यसको जिम्मेवार स्वयं चिनियाँ राष्ट्रपति सी जिङफिङ रहेको उल्लेख छ ।

 सरकारकै संलग्नतामा नरसंहारका योजनाहरु बनाइएको र सरकार आफैं मानवताविरोधी गतिविधि गर्न उद्दत रहेको आरोप लगाइएको छ । यस प्रतिवेदनमा भनिएको छ, 'अवलोकन गरिएका प्रमाणका आधारमा हामी यो निष्कर्षमा पुगेका छौँ कि चीनको शिनजिंगागमा रहेका उइगूर समुदायका मुसलमानविरूद्ध चिनियाँ सरकारले जे गरिरहेको छ त्यो मानवताविरोधी छ र एउटा नरसंहार आफैंमा एक अक्षम्म अपराध हो । ' 


प्रतिक्रिया