श्रीलंकाले फिर्ता लियो इस्लाम विरोधी नीति

फाल्गुन १४, २०७७ | काठमाडौं

श्रीलंकाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका मानिसको अन्तिम संस्कार सम्बन्धमा यस अघि निर्धारण गरेको आफ्नै नीति फिर्ता लिएको छ । यसअघि श्रीलंकाले जोखिम न्यूनीकरणका लागि भन्दै संक्रमणका कारण ज्यान गुमाएका जुनसुकै धर्म र समुदायका सबैलाई जलाउने नीति लिएको थियो ।

 जसको अन्तर्राष्ट्रिय स्तरमै चर्को आलोचना भएको थियो । विशेषत: पाकिस्तान सहितका मुसलमानी राष्ट्रले यस कदमलाई मुसलमान लक्षित संगिन आक्रमणको संज्ञा दिएका थिए । मुसलमान समुदायमा शव जलाउनु वर्जित छ । पाकिस्तान र श्रीलंकाबीच यस विषयलाई लिएर लामै बहस भएको थियो । यद्यपी श्रीलंकाले सो नीति संशोधन गर्दै आ–आफ्नो धर्म अनुसारको अन्तिम संस्कारका लागि बाटो खुला गरेको हो । 

यद्यपी सो क्रममा सरकारी नीति अपनाउनुपर्ने शर्त रहेको छ । पाकिस्तानका इमरान खानको श्रीलंका भ्रमणका दौरान श्रीलंकाले आफ्नो नीति परिमार्जन गरेको हो । 


प्रतिक्रिया