दिल्ली सरकारको राहत : दुई महिनासम्म पाँच हजार रुपैयाँ प्रदान गर्ने

वैशाख २१, २०७८ | दिल्ली

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रभावित गरिब एवं न्यून आय भएका नागरिक लक्षित राहतको घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री केजरीवालले आज पत्रकार सम्मेलन गरेर विशेषतः गरीब न्यून आए भएका अटो तथा ट्याक्सी चालकलाई दुई महिनासम्म पाँच हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको हो । 

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर रोजीरोटी चलाउने वर्गमा भोकमरीको अवस्था आउन नदिन पछिल्लो घोषणा गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभएको छ । यस्तै उहाँले दिल्लीका रासनकार्ड भएका ७२ लाख मानिसलाई निशुल्क खाद्यान्न उपलब्ध गराउने पनि घोषणा गर्नुभएको छ । 


प्रतिक्रिया