भारतको राजधानी दिल्लीमा फेरि एक साता लकडाउन

जेष्ठ २, २०७८ | काठमाडौं

भारतको राजधानी दिल्लीमा थप एक साता लकडाउन बढाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनभन्दा पहिले कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर १२ प्रतिशतमा आएको भन्दै लकडाउन नै संक्रमण नियन्त्रणको उत्तम विकल्प रहेको बताउनुभएको छ । 

लकडाउन बाध्यात्मक निर्णय भए यसबाट संक्रमणदरमा उल्लेख्य कमी आएको उहाँको भनाई छ । पछिल्लो लकडाउन आगामी २४ मे सम्म लागू हुने बीबीसीले उल्लेख गरेको छ । यसअघि गत अप्रिल १९ सुरु लकडाउन विभिन्न मितिमा पटक–पटक लम्ब्याइएको थियो ।


प्रतिक्रिया