विश्वमा बढ्दै छन् अल्जाइमरका विरामी

फोटो सौजन्यः डेली एक्सप्रेस 

आश्विन ५, २०७८ | एजेन्सी

विश्वमा प्रत्येक दिन २१ हजार ६ सय जनामा विर्सने रोगको समस्या रहेको विश्व अल्जाइमर संगठनको प्रतिवेदनले जनाएको छ । डिमेन्सिया वा अल्जाइमरको रुपमा चिनिने सो रोगका विरामीहरुमध्ये ७१ प्रतिशत विकासशील राष्ट्रमा रहेका समेत अल्जाइमर डिजिज इन्टरनेसनलले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ६० वर्ष माथिका १३ प्रतिशत व्यक्तिलाई दीर्घकालीन हेरचाहको आवश्यकता पर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

वृद्धा अवस्थामा मानिसको दिमागको आयत र तौल कम हुँदै जाँदा दिमागमा कोषिकाको संख्या पनि कम हुँदै जान्छ । सोही कारण रक्तसञ्चार कमि भएसंगै दिमागको कोषिकाभित्र उत्पन्न हुने खराब प्रोटिन कोषिकाभित्र र बाहिर जम्न थाल्छ । झट्ट हेर्दा लट्टा परेको केसजस्तै देखिने ती प्रोटिनका खराब तत्वबाट नै स्नायु कोषिका ध्वस्त हुन गई अल्जाइमर वा डिमेन्सिया रोग लाग्ने चिकित्सक बताउँछन् ।

यसैबीच, आज सेप्टेम्बर २१ मा नेपाल सहित विश्वभर अल्जाइमर दिवस मनाईँदैछ । 


प्रतिक्रिया