पृथ्वीको वायु प्रदुषण सोचेभन्दा निकै खतरनाक: विश्व स्वास्थ्य संगठन

आश्विन ७, २०७८ | एजेन्सी

पृथ्वीको वायु प्रदुषण यसअघि सोचिएको भन्दा निकै खतरनाक अवस्थामा रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले चेतावनी दिएको छ । नाइट्रोजन डाइअक्साइड जस्ता प्रदुषणका तत्वको मात्रा उच्च विन्दुमा रहेको डब्लुएचओले जनाएको छ । विश्वमा हाल ७० लाख मानिसले हरेक वर्ष वायु प्रदुषणका कारण अकालमै ज्यान गुमाउने गरेको डब्लुएचओको अध्ययनले देखाएको छ ।

न्युन तथा मध्यम आय भएका मुलुकमा जैविक इन्धनको प्रयोगका कारण त्यहांका वासी वायु प्रदुषणबाट बढि प्रभावित पाइएको छ । हाल पृथ्वीको वायु धुमपान वा खराब खानाको असर भन्दा निकै माथि रहेको डब्लुएचओले उल्लेख गरेको छ । डब्लुएचओमा सदस्य रहेका १ सय ९४ मुलुकलाई उसले उत्सर्जन नियन्त्रणका लागी अनुरोध गरिरहेको छ ।

आगामी नोभेम्बरमा हुने कोप २६ सम्मेलन अघि नै महत्वपूर्ण कदम चाल्न उसले अनुरोध गरेको छ । मुटु तथा फोक्सो सम्बन्धी समस्या भएका मानिसको संख्या निकै बढि रहेको अध्ययनले देखाएको छ । 


प्रतिक्रिया