भारतको दिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा तीन जनाको मत्यु

आश्विन ८, २०७८ | काठमाडौं

भारतको दिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा तीन जनाको मत्यु भएको छ । घटनामा ग्याङस्टार जितेन्दर गोगीसहित तीन जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला गोली चलेको थियो । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा देखिएअनुसार गोली प्रहार गर्नेहरु वकिलको पहिरनमा अदालत प्रवेश गरेका थिए । घटनामा अन्य थुप्रै घाइते भएका छन् । 

उनीहरुमध्ये एक महिला वकिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्षको मार्चदेखि कारागारमा रहेका गोगीको हत्या गर्ने भन्दै यसअघि तिल्लु गिरोहले घोषणा गरेको थियो । आज गोगीलाई अदालत उपस्थित गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । बन्दुकधारी समूहले गोगीको हत्या गरेलगत्तै प्रहरीले चलाएको गोली लागी दुई जना मारिएका हुन् ।


प्रतिक्रिया