सोमालियामा आत्मघाती कार बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

आश्विन ९, २०७८ | काठमाडौं

सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रपति निवास नजिकै आत्मघाती कार बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् ।

 बेलायती समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति निवास नजिकैको सडक सीलगाब जंक्सनमा मा आज बम विस्फोट भएको हो ।

यसअघि यस्तै प्रकृतिका अधिकांश विस्फोटका घटनामा सशस्त्र समूह अल सबाबको संलग्न रहने गरेपनि पछिल्लो विस्फोट कसले गराएको भन्नेबारे अहिलेसम्म यकिन भइसकेको छैन ।


प्रतिक्रिया