सैन्य कू को विरोधमा जेल परेका ५ हजार बढी कैदीलाई म्यानमारको सरकारले मुक्त गर्दै

कार्तिक १, २०७८

म्यानमारको सरकारले सैन्य कू को विरोधमा जेल परेका ५ हजार बढी कैदीलाई मुक्त गर्ने भएको छ । सैन्य नेताहरुले सत्ता कब्जा गरेपछि हजारौं मानिसहरु रक्तपातपूर्ण प्रदर्शनको क्रममा हिरासतमा थिए । विद्रोही नेता मिन आङ लेइङले ५ हजार ६ सय ३६ कैदीलाई मानवीय कारणले रिहा गरेको उल्लेख गर्नु भएको छ । 

म्यानमारका क्षेत्रीय नेताहरुको वार्षिक शिखर सम्मेलनमा गैर राजनीतिक व्यक्तिलाई आमन्त्रित गरेपछि सरकारका तर्फबाट यस्तो भनाई आएको हो । प्रजातन्त्रवादी नेतृ आङसान सुकीलाई सत्ताबाट हटाइएपछि भएको प्रदर्शनका क्रममा सेनाको कारबाहीमा परि एक हजार १ सय ७८ जना सर्वसाधारणको ज्यान गएको थियो भने ७ हजार ३ सय ५५ जनालाई पक्राउ गरिएको थियो ।  


प्रतिक्रिया