दिल्लीमा लगाइएका प्रतिबन्धहरु हटाइयो

माघ १३, २०७८

कोरोनाको संक्रमण दर घट्दै गएपछि दिल्लीमा लगाइएको प्रतिबन्धहरु हटाइएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले सप्ताहन्त कफ्र्यू र जोर बिजोरका आधारमा पसल व्यवसाय खोलिने प्रावधानलाई हटाउने निर्णय गरेको हो ।

तीनसाता अघि सो प्रतिबन्ध लागईको थियो । प्राधिकरणको आज बसेको बैठकले पछिल्ला दिनको समिक्षा गर्दै पसल खुला रहन दिने निर्णय गरेको हो । त्यस्तै, शनिबार र आइतबार लगाइँदै आएको कफ्र्यू पनि हटाएको छ । तर, विद्यालय अझैपनि बन्द रहने छन् । एकमहिना अघि लगाइएको रात्रिकालिन कफ्र्यू पनि यथावत राखिएको छ । थियटर्स, बार र रेस्टुरेन्ट ५० प्रतिशत क्षमतामा चलाउन पाइने छ । विवाहलगायतका समारोहमा २० जनाको मात्रै उपस्थिति रहने प्रावधानलाई हटाईको छ । 

अब कोभिड प्रोटोकलको पालना गर्दै २ सय जनासम्म सहभागी हुन सक्ने छन् । सरकारी कार्यालयहरु ५० प्रतिशत क्षमताका साथ खुल्ने छन् । ३० प्रतिशतमा पुगेको संक्रमण दर १० प्रतिशतमा झरेपछि दिल्लीमा प्रतिबन्धहरुलाई खुकुलो गरिएको हो । 


प्रतिक्रिया