रुसमाथि ४६ वटा मुलुकको प्रतिबन्ध

जेष्ठ २६, २०७९ | काठमाडौं

युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको रुसमाथि विश्वका ४६ वटा मुलुकले विभिन्न खाले प्रतिबन्ध लगाएका छन् । पटक–पटक युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायबाट समेत भएका पहललाई रुसले वेवास्ता गर्दै आएको छ । रुसमाथि गत फेब्रुअरी यता मात्रै ७ हजार ९ सय ३० भन्दा बढी प्रतिबन्ध लगाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 रुसको अडानका कारण विश्वका कयौं मुलुक खाद्य संकटतर्फ धकेदिँदै गएको र विश्व अर्थतन्त्रमा ठूलो असर पर्ने भन्दै अन्तर्राष्ट्रिय वृत्तले रुसमाथि कडा र दबाबमुलुक नीति लिइरहेका छन् ।

यसैबीच, रुस र टर्कीले युक्रेनी अन्न निर्यातका लागि अनुमति दिन ब्ल्याक सी मा सुरक्षित कोरिडोरको लागि समर्थन जनाएका छन् । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने सो प्रस्तावलाई विश्वासयोग्य नभएको भन्दै अस्वीकार गर्नुभएको छ । 


प्रतिक्रिया