१२ सय युक्रेनीलाई जापानले सहयोग गर्ने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७९

रुसको आक्रमणका कारण विस्थापित भएर आएका १२ सय बढी युक्रेनी नागरिकलाई जापानले संरक्षण गर्ने भएको छ । विस्थापितलाई आर्थिक सहायता तथा भाषा अध्ययनका लागि जापानको निप्पोन फाउण्डेसनले ७४ लाख डलर बराबरको सहायता गर्ने अलजजिराले जनाएको छ ।

अमेरिका तथा युक्रेनका राजदुतसँग सहकार्य गरेर सो सहायता ल्याउन लागिएको निप्पोन फाउण्डेसनका कार्यकारी निर्देशक जुम्पि सासाकावाले बताउनुभयो । यस अघि विस्थापित भएको युक्रेनका नागरिकको यातायात तथा जिवनयापनका लागि निप्पोन फाउण्डेसनले ३७ करोड डलर सहयोग गरिसकेको छ । रुसले गत फेबु्रअरी देखी युक्रेनमा हमला गरेयता विस्थापित भएकामध्ये १२ सय बढी युक्रेनी नागरिकलाई जापानले आश्रय दिएको छ । 


प्रतिक्रिया