काबूलस्थित शिख गुरुद्वारामा आक्रमण

असार ४, २०७९ | काठमाडौं

अफगानिस्तानको काबूलस्थित शिख धर्मावलम्बीको उपासना स्थल गुरुद्वारामा भएको आक्रमणमा परि ३ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक अज्ञात आक्रमणकारी र एक तालिवानी लडाकू भएको बीबीसीले जनाएको छ । 

आक्रमणका समय गुरुद्वाराभित्र ३० भन्दा बढी मानिस रहेको बताइएको छ । तालिवानको पूर्ण निगरानीमा रहेको घटनास्थलमा के कति हताहती भयो भन्नेबारे यकिन जानकारी नदिएको गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

मुसलमान बहुल राष्ट्र अफगानिस्तानमा १ सय ४० शिख धर्मावलम्बी रहेका छन्, जब कि सन् १९७० को दशकमा त्यहाँ शिख धर्मावलम्बीको संख्या एक लाख भन्दा बढी थियो । सो गुरुद्वारा अफगानिस्तानमा बचेको अन्तिम गुरुद्वारा थियो ।


प्रतिक्रिया