अमेरिकाको न्युयोर्कमा आपतकाल घोषणा

भाद्र २५, २०७९ | काठमाडौं

अमेरिकाको न्युयोर्कमा पोलियो भाइरस संक्रमण बढ्न सक्ने भन्दै आपतकालिन अवस्थाको घोषणा गरिएको छ । दुषित पानीको नमूनामा पोलियोको भाइरस भेटिएपछि राज्य सरकारले आपतकाल घोषणा गरेको अलजजिराले जनाएको छ ।

अमेरिकामा करीब एक दशकपछि पोलियोको पहिलो केस पुष्टि भएको हो । गत जुलाईमा रकल्याण्ड काउन्टीमा एक जनामा संक्रमण देखिएपछि न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले दूषित पानीमा भाइरसको नमूना परिक्षण गर्न सुरु गरेका थिए ।

पछिल्लो पटक लङ आइल्याण्डको नासाउ काउन्टीमा गरिएको नमूनामा भाइरस पत्ता लागेको थियो । ओरेन्ज, रकल्याण्ड र सुलिभन काउन्टी साथै न्यूयोर्क शहर वरपर पनि गत अप्रिलदेखि हरेक महिना लिइएका नमूनाहरुमा पनि भाइरस पत्ता लागेको थियो ।

न्यूयोर्कमा, राज्यव्यापी पोलियो खोप दर ७९ प्रतिशत छ, तर रकल्याण्ड, ओरेन्ज र सुलिभन काउन्टीमा सो दर न्यून रहेको बताइएको छ । ती क्षेत्रमा सयौँ मानिसलाई पोलियो भएको र थाहा नभएको हुनसक्ने स्वास्थ्य अधिकारीहरुको आँकलन छ ।  


प्रतिक्रिया