अतिरिक्त सेना परिचालन गर्ने राष्ट्रपति पुटिनको घोषणाको विरोधमा विशाल प्रदर्शन

आश्विन ६, २०७९ | काठमाडौं

युक्रेनबाट पुन: आफ्नो नियन्त्रणमा लिएका स्थानमा ३ लाख अतिरिक्त सेना परिचालनको गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको विरोधमा रुसमा विशाल विरोध प्रदर्शन भएको छ । क्रेमलिनको निर्णयको बिरुद्ध सयौं प्रदर्शनकारीले विरोध गरेका हुन् । सेन्ट पिटर्सवर्ग र मस्कोमा प्रदर्शनमा उत्रीएका करिब एक हजार प्रदर्शनकारीलाई रुसी प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

यसअघि पुटिनले राष्ट्रको नाममा सम्बोधन गर्दै पछिल्लो कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको थियो । सम्बोधनमा पुटिनले पश्चिमा राष्ट्रहरूले रुसलाई कमजोर देख्न चाहेको आरोप लगाउँदै थप सैन्य आक्रमण गर्ने धम्कीलाई हलुका रुपमा नलिन चेतावनी दिनुभयो । रुसमा अहिले करिब २० लाख अतिरिक्त सेना रहेको हुनसक्ने अनुमान छ । यद्यपी तत्काल ३ लाखको संख्यामा अतिरिक्त सेना खटाउने तयारी क्रेमलिनको छ । 


प्रतिक्रिया