चिनियाँ आवागमनमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

पुस १३, २०७९

चीनले आगामी जनवरीदेखि आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँहरुको आवागमनमा नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । चीनमा पछिल्लो समय कोभिड १९ संक्रमण तीब्र बनेसंगै अमेरिकाले नयाँ प्रतिबन्धको तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापान, मलेसिया र ताइवानले कोभिड केसका कारण चिनियाँ यात्रुहरुका लागि प्रतिबन्ध लागु गरीसकेका छन् । भारतले पनि चिनियाँ आवागमनमा कडाई गर्ने तयारी अघि बढाएको छ । 

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पश्चिमा मूलुकहरु र सञ्चारमाध्यमहरुले चीनको कोभिड नीतिलाई लिएर भद्धा मजाक गरेको आरोप लगाउनु भएको छ । उहाँले सुरक्षित सीमापार यात्रा सुनिश्चित गर्न, विश्वव्यापी औद्योगिक आपूर्ति श्रृङखलाको स्थिरता कायम राख्न र अर्थतन्त्र सुधारका लागि संयुक्त प्रयासका लागि आह्वान समेत गर्नु भएको छ । चीनले दैनिक संक्रमित र मृत्युदरको वास्तविक तथ्यांक सार्वजनिक नगरेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । 


प्रतिक्रिया