ब्राजिलमा सरकार विरोधी प्रदर्शन उग्र

पुस २५, २०७९

ब्राजिलमा गत अक्टोबरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थक विरोध प्रदर्शनमा उत्रिएका छन् । हजारौं प्रदर्शनकारीहरु संसद, सर्वाेच्च अदालत र राष्ट्रपति भवन प्रवेश गरेर तोडफोड गरेको अलजजिराले उल्लेख गरेको छ । राष्ट्रपतिय निर्वाचनमा झिनो मतान्तरले बोल्सोनारो पराजित भएपछि उनका समर्थकले अमेरिकी सदनमा डोनाल्ड ट्रम्प समर्थकको प्रवेशको झल्को दिने किसिमको हस्तक्षेप गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति लुइस इनाको लुला दा सिल्भाले सदनमा प्रवेश गर्ने ब्यक्तिहरुलाई कानून अनुसार कारबाही हुने बताउनुभयो । ब्राजिलको फुटबल टोलीको जर्सी र मुलुकको झण्डा बोकेका हजारौं समर्थकले नाराबाजी गरेका थिए ।

राष्ट्रपति दा सिल्भाले अर्धसैनिक फौज नेशनल गार्डलाई राजधानी ब्रसिलियाको शान्ति सुरक्षाको जिम्मा दिनुभएको छ, भने संसद, सर्वाेच्च अदालत र राष्ट्रपति भवन २४ घण्टाका लागी बन्द गरिएको छ । 


प्रतिक्रिया