कोलम्बियामा सरकार र विद्रोहीबीच शान्ति बार्ताको सहमति

माघ ८, २०७९

कोलम्बियामा सरकार र विद्रोहीबीच शान्ति बार्ताको सहमति भएको छ । कोलम्बियाली सरकार र विद्रोही समूह नेसनल लिबरेशन आर्मीबीच आगामी महिना शान्ति वार्ता गर्ने सहमति भएको हो ।

काराकसमा भएको आपतकालीन बैठक पछि दोस्रो चरणको वार्ता फेबु्रअरी १३ मा गर्न सहमत भएको सरकारी अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । सरकार र विद्रोहीबीचको बार्तामा नर्वे, भेनेजुएला, क्युबा र चिलीले मध्यस्तता गर्ने बताईएको छ ।

यसअघी सरकार र विद्रोही समूहले शान्तिवार्ता नहुनुमा एक अर्कालाई आरोप लगाउँदै आएका थिए । कोलम्बियामा करिब छ दशक लामो युद्ध अन्त्य गर्न काराकसमा गत वर्ष पहिलो पटक वार्ता भएको थियो ।


प्रतिक्रिया