आफ्नो मुलुकबाट भारतीय सेना फिर्ता पठाउने मालदिभ्सको घोषणा

कार्तिक १३, २०८० | काठमाडौं

मालदिभ्सले जति सक्दो चाँडो आफ्नो मुलुकबाट भारतीय सेना फिर्ता पठाउने घोषणा गरेको छ । मालदिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुले भारती सेना आफ्नो तटीय क्षेत्रबाट फिर्ता पठाउने बताउनुभएको हो । गत महिना राष्ट्रपतिमा नियुक्त मोइज्जु भारतलाई मालदिभ्सबाट हटाउनुपर्ने कित्ताका ब्यक्ति हुन् ।

भारतीय सेनाका अधिकारीलाई आवतजावत खुला गरिएको छ । भारतसँग सेना फिर्तिबारे कूटनीतिक पहल गर्ने आफ्नो कार्यकालको पहिलो कार्य हुने मोइज्जुले घोषणा गर्नुभएको छ । चीन र भारतको लाखौं डलरको लगानी रहेको मालदिभ्समा चीन निकट मोइज्जु राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

हिन्द महासागरस्थित रणनीतिक महत्व बोकेको मालदिभ्समा आफ्नो प्रभाव जमाउन भारत र चीन वषौंदेखि निकै कसरतमा छन् । 


प्रतिक्रिया