बंगलादेशद्वारा प्रधानमन्त्री हसिनालाई फिर्ता पठाउन भारतलाई कुटनीतिक नोट
पुस ८, २०८१ | काठमाडौं
बंगलादेशको अन्तरिम सरकारले निवर्तमान प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई कुटनीतिक नोट पठाएको छ ।
ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिना, पूर्वमन्त्री, सल्लाहकार र केही सैन्य अधिकारीलाई मानवता र नरसंहार विरुद्धको अपराधमा पक्राउ पूर्जी जारी समेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजनीतिक सङ्कट चुलिएपछि ७७ वर्षीया हसिना गत अगस्ट ५ देखि भारतमा निर्वासित जीवन बिताईरहनु भएको छ । विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि हसिना बंगलादेश छोडेर भारतमा शरण लिन पुग्नु भएको थियो ।
बंगलादेशका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई नोट पठाउँदै हसिनालाई न्यायिक प्रक्रियाको लागि फिर्ता चाहेको उल्लेख गर्नुभएको छ ।