विश्वमा भोकमरीको समस्या बढ्दै

पुस ९, २०८१

विश्वमा भोकमरीको समस्या बढ्दै गएको राष्ट्रसंघले जनाएको छ । विश्वका धनी राष्ट्रहरुले योगदान गर्ने रकम घट्न थालेपछि सो समस्या सिर्जना भएको संयुक्त राष्ट्रसंघको भनाइ छ । 

विश्वमा भोकमरीको चपेटामा रहेका ३० करोड भन्दा बढी मानिसमध्ये ६० प्रतिशतलाई तत्काल मानवीय सहायताको आवश्यक पर्ने देखिएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् । राष्ट्रसंघका अनुसार सन् २०२४ मा विश्वभर मानवीय सहायताका लागि माग भएकोमध्ये झन्डै आधा मात्र सहायता रकम जुटेको छ ।

सिरियामा जारी हिंसाका कारण उत्पन्न भोकमरीमा परेका ६० लाख मानिसलाई विश्व खाद्य कार्यक्रमले राशन बाँड्दै आएकोमा १० लाखले मात्र सहायता प्राप्त गरेका छन् । 


प्रतिक्रिया