कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

चैत्र १३, २०८०

कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । जहाज ठोक्किँदा करिब साढे २ किलोमिटर लामो फ्रान्सिस स्कट की पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । नदीमा खसेका मध्ये २ जनाको भने उद्दार गरिएको छ । 

पुल भत्किँदा अझै २० जना वेपत्ता भएका छन् भने कम्तिमा ७ वटा गाडी नदीमा खसेको रोयर्टसले जनाएको छ । नदीमा वेपत्ता भएकाको खोजीका लागि मेरिल्याण्डका गभर्नर वेस मुरले आपतकालीन उद्दार टोली खटाउनुभएको छ । साथै, गभर्नर मुरले राज्यमा आपतकालको घोषणा समेत गर्नुभएको छ । 

यसअघि, सन् २००७ मा अमेरिकाको मिनियापल्स्मा पुल भत्किँदा १३ जनाको मृत्यु भएको थियो । जहाजका चालक दलले नियन्त्रण गुमाएर सो दुर्घटना भएको बताइएपनि पुष्टि भने भइसकेको छैन । 


प्रतिक्रिया