लडाकू विमान युक्रेनमा पठाइएमा ध्वस्त पार्ने राष्ट्रपति पुटिनको चेतावनी

चैत्र १५, २०८० | काठमाडौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो राष्ट्रमाथि आक्रमण नगर्ने तर लडाकू विमान एफ–सिक्सटीन युक्रेनमा पठाइएमा भने प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । 

हवाई सेनालाई सम्बोधन गर्दै पुटिनले कुनै पनि नेटो सम्बद्ध मुलुकमा आक्रमण गर्ने रुसको योजना नरहेको बताउनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यद्यपी, पश्चिमा देशले लडाकु विमान एफ–सिक्सटीन युक्रेनमा पठाएमा भने प्रहार गर्ने उहाँले चेतावनी दिनुभएको हो ।

 सन् १९९१ सोभियत संघको पतनपछि अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले रुसको पूर्वतर्फ विस्तार गरेको भएपनि मस्कोको नेटो राष्ट्रमा आक्रमण गर्ने योजना नभएको पुटिनको टिप्पणी थियो । अमेरिकाले युक्रेनलाई पैसा, हतियार लगायतले सहयोग गरेर रुसविरुद्ध युद्ध गरिरहेको आरोप लगाँउदै पुटिनले क्रेमेलिनको वाशिंगटनसँगको सम्बन्ध यति धेरै खराब कहिल्यै नभएको बताउनुभयो । 

 पश्चिमा मुलुकले युक्रेनमा एफ–ज्ञटलडाकु विमान पठाएपनि युक्रेनको अवस्था परिवर्तन नहुने पुटिनको भनाई थियो । परमाणु हतियार ओसारपसार गर्ने भएकाले ती विमानलाई ध्वस्त पार्ने योजना रहेको उहाँले बताउनुभयो । सन् २०२२ फेव्रवरीबाट रुस र युक्रेनबीच द्वन्द चुलिँदै आएको छ ।  


प्रतिक्रिया