दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न अदालतको आदेश
भाद्र २८, २०८१ | काठमाडौं
भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रिहा गर्न आदेश दिएको छ । दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा केजरीवाललाई अदालतले रिहा गर्ने आदेश दिएको हो ।
मुख्यमन्त्री केजरीवालले केन्द्रीय जाँच ब्युरो(सीबीआई) द्वारा गरिएको गिरफ्तारीविरुद्ध त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन दिनुभएको थियो । सर्वोच्चका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासले केजरीवाललाई रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले तत्काल पूर्ण सुनुवाइ सकिने सम्भावना नरहेकाले ’व्यक्तिगत स्वतन्त्रता’ लाई मध्यनजर गर्दै केजरीवाललाई धरौटीमा छाडिएको बताएको छ । केजरीवाल १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने आम आदमी पार्टीका नेताहरूले प्रतिक्रिया दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लोकसभा चुनावलाई मध्यनजर गर्दै सर्वोच्चले मे १० मा चुनाव प्रचारका लागि केजरीवाललाई २१ दिनका लागि रिहा गर्न अन्तरिम जमानत दिएको थियो । पछिल्लो पटक सर्वोच्च अदालतले सर्सत केजरीवाललाई रिहा गर्न आदेश दिएको हो ।