दक्षिण कोरियाका राष्ट्रपति युनको महाअभियोगमाथि अदालती पक्रिया सुरु

पुस १, २०८१ | काठमाडौं

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्ध पारित महाअभियोग प्रस्तावमाथि त्यहाँको अदालतमा सुनुवाई प्रक्रिया सुरु भएको छ ।

 युनले मार्शल ल को घोषण गर्दै राजनीतिक अस्थिरता निम्ताएको भन्दै युन माथि लगाइएको महाअभियोग माथिको सुनुवाई प्रक्रिया त्यहाँको संवैधानिक अदालतमा सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । सांसदहरुले गत शनिबार युनको राजीनामाको माग गर्दै महाभियोगको पक्षमा मतदान गरेका थिए । 

 निलम्बित भएका राष्ट्रपति युन पुर्नबहाली हुने वा पदमुक्त हुने अदालतको निर्णयमा निर्भर रहने बताइएको छ । युनमाथिको महाभियोगको मुद्दाको सुनुवाइ महिनौं लाग्न सक्ने भएपनि राजनीतिक अनिश्चितता रहने भएकाले अदालतलाई चाँडै निर्णय गर्नुपर्ने दबाब रहेको बताइएको छ । 

यद्यपी अदालतले भने युनको मुद्दामाथि आगामी डिसेम्बर २७ का लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ । अदालतले युनको मुद्दामा महाअभियोग लगाएमा ६० दिनभित्र राष्ट्रपतिय निर्वाचन गराउनुपर्ने व्यवस्था छ । यसैबीच, हाललाई प्रधानमन्त्री हान डक–सू लाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको छ । 


प्रतिक्रिया