अमेरिकाको निर्णय दुर्भाग्यपूर्ण र पक्षपाती भएको पाकिस्तानको प्रतिक्रिया

पुस ४, २०८१

पाकिस्तानले आफ्नो व्यापारिक संस्थालाई ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा संलग्न भएको आरोपमा प्रतिबन्ध लगाउने अमेरिकी निर्णय “दुर्भाग्यपूर्ण र पक्षपाती” भएको प्रतिक्रिया दिएको छ । अमेरिकाले आफ्ना चार संस्थालाई प्रतिबन्धका लागि सूचना जारी गरेपछि पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै त्यस्तो प्रतिक्रिया दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पाकिस्तानद्धारा जारी विज्ञप्तिमा “अमेरिकाको सो कदम शान्ति र सुरक्षाको लक्ष्य विरुद्ध रहेको” उल्लेख छ । प्रतिबन्धले सैन्य असन्तुलन बढाउने दाबी गर्दै पाकिस्तान सरकारले अमेरिकाको दोहोरो मापदण्ड र अनुचित अभ्यासले उसैको विश्वसनियतामा असर पार्ने टिप्पणी गरेको छ । उता, अमेरिकी अधिकारीहरुले भने लामो दुरीको व्यालेष्टीक क्षेप्यास्त्रबाट ठूलो मात्रामा विपत्ती मच्चाउने भएका प्रतिवन्ध लगाइएको दावी गर्दै आएका छन् ।  


प्रतिक्रिया