रुसी लेफ्टिनेन्ट मारिएको युक्रेनको दाबी

पुस २, २०८१

रुसको राजधानी मस्कोमा गराइएको एक विस्फोटमा परि रुसी लेफ्टिनेन्ट जनरलको मृत्यु भएको युक्रेनले दाबी गरेको छ । एउटा इलेक्टिक स्कुटरमा लुकाएर राखेको उपकरण पड्किँदा आवासीय भवनको प्रवेशद्धारमा रहेका लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ मारिएका हुन् । 

युक्रेनी सुरक्षा सेवाको स्रोतलाई उल्लेख गर्दै किरिलोभलाई नै लक्षित गरी हमला भएको बीबीसीले जनाएको छ । जनरल किरिलोभलाई युक्रेनमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको अभियोग लगाइएको थियो । किरिलोभलाई पहिले नै बेलायत र अन्य मुलुकले रुसको रासायनिक हतियार प्रयोगमा खेलेको भूमिकालाई लिएर प्रतिबन्ध लगाएका थिए । 


प्रतिक्रिया