युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने विषय अनिर्णित

भाद्र २९, २०८१ | काठमाडौं

बेलायतका प्रधानमन्त्री केयर स्टामर र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएपनि युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने विषय अनिर्णित बनेको छ ।

 प्रधानमन्त्री स्टारमरले युक्रेनलाई रुसमा लामो दूरीको मिसाइल प्रहार गर्न अनुमति दिन बाइडेनलाई सहमत गराएको विषयमा स्पष्ट जवाफ नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 

यद्यपि, अमेरिकासँग युक्रेनसहित मध्य पूर्व र इन्डो–प्यासिफिक लगायत धेरै विषयमा लामो र उत्पादक छलफल भएको प्रधानमन्त्री स्टामरको भनाइ छ । 

यता, ह्वाइट हाउसले पनि इरान र उत्तर कोरियाले रुसलाई घातक हतियार उपलब्ध गराएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ । 

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी राष्ट्रहरूलाई रुसमाथि लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न युक्रेनलाई अनुमति नदिन चेतावनी दिनुभएको थियो । 


प्रतिक्रिया