राष्ट्र संघका महासचिवमाथि इजरायलको प्रतिबन्ध

आश्विन १६, २०८१

इजरायलले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । इजरायलमा इरानले गरेको आक्रमणको निन्दा स्पष्ट रुपमा गर्न नसकेको भन्दै इजरायली विदेशमन्त्री इजरायल काट्जले गुटेरेसलाई आफ्नो भूमिमा प्रवेशमा प्रतिबन्ध लगाएको बताएका छन् । 

मन्त्री काट्जले सामाजिक सञ्जालमा भनेका छन्– ‘इजरायलमा इरानको आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला राख्ने अधिकार छैन । राष्ट्रसंघका महासचिवले अहिलेसम्म अक्टोबर ७ मा हमासद्वारा गरिएको नरसंहार र यौन दुव्र्यवहारको निन्दा नगरेको इजरायली मन्त्रीले आरोप समेत समेत लगाएका छन् । 


प्रतिक्रिया