चिनियाँ स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने क्यानडाको घोषणा

कार्तिक ७, २०८१ | काठमाडौं

क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जाल एक्समा लेख्दै चीनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको हो । चीनले व्यापारमा अनुचित व्यवहार अपनाएको उहाँले आरोप लगाउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 

सस्तो स्टिल र आल्मुनियमको साथ अन्तर्राष्ट्रिय बजारमा चीनको ठूलो प्रभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्री ट्रुडोले चीनको अनुचित व्यापार अभ्यासले क्यानाडाली कामदारलाई ठूलो नोक्सान पु¥याएकोले यसको विरुद्ध कदम चाल्न लागिएको बताउनुभयो ।

यसअघि गत अप्रिलको सुरुमा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकाका अर्थमन्त्री जेनेट येलेनले पनि चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा सस्तो चिनियाँ उत्पादन प्रचुर मात्रामा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

 मे महिनामा राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भान डेर लेनले पनि यो मुद्दा उठाउनु भएको थियो । 


प्रतिक्रिया