युक्रेनमा रुसको पहिलोपटक अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार

मंसिर ६, २०८१ | काठमाडौं

रुसले युक्रेनमा अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार गरेको छ । 

रुसले पहिलोपटक अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले आज अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको हो । 

युक्रेनी वायुसेनाले डेनिप्रो क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । आक्रमणबाट कम्तीमा १५ जना घाइते भएका छन् । रुसले भने आईसीबीएम प्रहारबारे कुनै प्रतिक्रिया जनाएको छैन ।


प्रतिक्रिया